पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली जडान
परीक्षण सफल भए सबै चोकमा विस्तार गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
741
Shares
ललितपुर। ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा आगलागीबाट हुने विपद्को समयमा तत्काल सूचना प्रवाह गरी नियन्त्रण गर्न सहयोग पुग्ने उद्देश्यले आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना गरेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मङ्गलबार एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गर्नुभयो। मेयर महर्जनले यो प्रणाली हाल परीक्षणको रूपमा सञ्चालनमा ल्याइएको र यसले प्रभावकारी ढङ्गले काम गरेमा महानगरका प्रत्येक चोकहरूमा जडान गर्ने योजना रहेको जानकारी दिए।
उक्त अवसरमा मेयर महर्जनले विपद् व्यवस्थापनको क्षेत्रमा ललितपुर महानगरपालिकाले मुलुकका २९३ वटा नगरपालिकाहरूमध्ये 'एकदमै अब्बल तरिकाले' काम गर्दै आएको दाबी समेत गरे। महानगरले यसअघि नै विपद्कालमा गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइसकेको छ।