काठमाडौँ। आज (बिहीबार) सङ्घीय संसदका दुईवटा समितिको बैठक बस्दैछ।
जसअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११:१५ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दैछ। यस बैठकको कार्यसूचीमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने उल्लेख छ।
यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ। उक्त बैठकमा देशको शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ।