arrow

फ्लडलाइडमा एनपीएल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
tu-ground-82-7-27q (2).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ । यही मंसिरमा हुने नेपाल प्रियिमर लिग एनपीएल भन्दाअघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो ।

रंगशालामा पारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइटको ६ वटै पोल उठाइसकिएको छ । लाइट जडानको  काम धमाधम हुँदैछ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०–३० टनका हाइमास्ट लाइट जडान भइरहेका छन्  । अब हुने एनपीएलको दोस्रो संस्करण खेल यही मंसिर १ गतेबाट सुरु हुँदैछ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

यसपालिको खेल तालिका पनि सार्वजनिक भएको छ भने तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ।

तालिकाअनुसार एनपीएलको लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् र  प्लेअफका ३ तथा फाइनल खेल  फ्लडलाइटमा हुनेछ । 

अपरान्ह ४ बजेदेखि शुरू हुने खेलहरू फ्लडलाइटमा खेलाइने छन् । 


 

tu-ground-82-7-27q (2).jpg
tu-ground-82-7-27q (3).jpg
tu-ground-82-7-27q (4).jpg
tu-ground-82-7-27q (5).jpg
tu-ground-82-7-27q (6).jpg
tu-ground-82-7-27q (7).jpg
tu-ground-82-7-27q (8).jpg
tu-ground-82-7-27q (9).jpg
tu-ground-82-7-27q (10).jpg
tu-ground-82-7-27q (11).jpg
tu-ground-82-7-27q (12).jpg
tu-ground-82-7-27q (13).jpg
tu-ground-82-7-27q (14).jpg
tu-ground-82-7-27q (15).jpg
tu-ground-82-7-27q (16).jpg
tu-ground-82-7-27q (17).jpg
tu-ground-82-7-27q (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ