सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, मंसिर ४ मा बस्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
3.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने तय भएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको पनि उनले बताएका छन्।