arrow

सुडानमा भोकमरी र हैजाले मानवीय अवस्था बिग्रँदै

logo
रमेश गिरी
प्रकाशित २०८२ मंसिर १ सोमबार
sudan-children.jpg

काठमाडौँ । पछिल्लो समयमा बढ्दो मानविय आवागमनका तथा उच्च जनासङ्ख्याका कारण सुडानको मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गएको संयुक्त राष्ट्रसङ्घका मानवीय निकायहरूले चेतावनी दिएका छन् ।

बढ्दो मानवीय सङ्कटका कारण यस क्षेत्रबाट भाग्न खोज्ने नागरिकमा निराशता बढ्दै गएको पोर्ट सुडानमा युएनएचसीआरको उपकार्यालय प्रमुख ज्याकलीन विल्माले प्रकाश पारेका छन् ।

उनले ठूलो सङ्ख्यामा मानिसहरू अल-फसिरमा रहेको जनाउँदै उनीहरू हिँडिरहेको तर खतरा वा अल-फसिरमा फर्कने जोखिमका कारण उनीहरूलाई यात्रा रोक लगाइएको जनाएका छन् ।

यसै गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा बढ्दो भोकमरी र हैजाको प्रकोपले तीन हजार पाँच सय भन्दा बढीको ज्यान लिएको जनाएको छ ।

डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले सुडानले विश्वको सबैभन्दा खराब खाद्य सङ्कटको सामना गरिरहेको जनाउँदै गत सेप्टेम्बर सम्म दुई करोड १० लाख भन्दा बढी मानिसले खाद्य असुरक्षाको सामना गरिरहेको बताएका छन् ।

उनले अलफसिर र काडुगलीमा अनिकाल व्याप्त भएको पुष्टि गर्दै अहिले दारफुर र कोर्दोफानका अन्य २० ओटा क्षेत्र खतरामा परेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस (युएनएमएएस) का अनुसार खाद्यान्नको अभाव र रोगका कारण मात्र नभई विस्फोटक पदार्थ र लडाइँबाट पनि विभिन्न खतरा बढेका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले गत शुक्रबार अल-फसिरको अवस्था बारे छलफल गर्न र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मा शहरको पतनको क्रममा भएको सामूहिक हत्याको सम्बन्धमा तथ्य पत्ता लगाउने मिसन पठाउन सदस्य राष्ट्रहरूको अनुरोधलाई विचार गर्न एक सत्र आयोजना गरेको थियो ।

सुडानका विभिन्न क्षेत्रहरूमा सेना र आरएसएफबिचको लडाइँ बढिरहेको छ भने द्वन्द्वको शुरूआत भएको दारफुर क्षेत्र आरएसएफले गत महिना नियन्त्रणमा लिएको छ ।एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ