arrow

एनपीएलमा काठमाडौँको विजयी शुरूआत, साविक विजेता जनकपुर पराजित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
kathmandu-janakpur-82-8-1- (3).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको दोस्रो संस्करण शुरू भएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स पराजित भएको छ । जनकपुरलाई काठमाडौँ गोर्खाजले ५ विकेटले पराजित गरेको हो । 

खेलमा टस जितेर काठमाडौँले पहिले बलिङ गरेसँगै ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो ।  जनकपुरका लागि आसिफ शेखले ४१ बलमा ५४ रन बनाए । जारी एनपीएलको यो पहिलो अर्धशतक हो । जनकपुरका अन्य ब्याटर भने जम्न सकेनन् । 

तर ७८ रन बनाउँदा ५ विकेट गुमाइसकेको जनकपुरका लागि छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा मायान यादवले २९ बलमा ३४ तथा लहिरु सामाराकूनले २१ बलमा २२ रन बनाए । 

काठमाडौँका लागि अमेरिकी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिए । 

जवाफमा काठमाडौँले १८ ‌ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । काठमाडौँका लागि बेन चार्लस्वर्थले २३ बलमा ४६ तथा आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडे । अलराउन्डर मिलिन्द कुमारले २२ बलमा १९ रन जोडे । जोन सिम्पसनले ६ बलमा १३ रन जोडे । 

साविक विजेता जनकपुर बोल्ट्सको टोलीमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपल मुख्य प्रशिक्षक र अनिलकुमार साह कप्तान छन् । मार्की खेलाडी आसिफ शेखसहित ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार, तुल मगर, मयन यादव, सचिन भट्ट, विकाश आग्री र आदित्य महताजस्ता नेपाली खेलाडीहरू समावेश छन्। 

विदेशी खेलाडीतर्फ दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी रहेका छन्।

काठमाडौँ गोर्खाजको टोलीको नेतृत्व करण केसीले गरेका छन् र टोलीमा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक भारतका मोन्टी देसाई मुख्य प्रशिक्षक छन्। 

नेपाली खेलाडीहरूमा भीम शार्की, शाहव आलम, दीपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, उत्तम थापामगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादव र सोनु देवकोटा समावेश छन्। 

विदेशी खेलाडीहरूमा इंग्ल्यान्डका जोन सिम्पसन, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, मिडल अर्डरका एरासमस र बेन चाल्र्सवर्थ, अमेरिकाका मिलिन्द कुमार र भारतीय सन्नी पटेल रहेका छन् ।

kathmandu-janakpur-82-8-1- (3).jpg
kathmandu-janakpur-82-8-1- (4).jpg
kathmandu-janakpur-82-8-1- (1).jpeg
kathmandu-janakpur-82-8-1- (2).jpeg
kathmandu-janakpur-82-8-1- (3).jpeg
kathmandu-janakpur-82-8-1- (5).jpg
kathmandu-janakpur-82-8-1- (6).jpg
kathmandu-janakpur-82-8-1- (7).jpg
kathmandu-janakpur-82-8-1- (8).jpg
kathmandu-janakpur-82-8-1- (9).jpg
kathmandu-janakpur-82-8-1- (10).jpg
kathmandu-janakpur-82-8-1- (11).jpg
kathmandu-janakpur-82-8-1- (12).jpg
kathmandu-janakpur-82-8-1- (13).jpg
kathmandu-janakpur-82-8-1- (1).jpg
kathmandu-janakpur-82-8-1- (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ