काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
आज ठूलो गोलभेँडा (भारतीय) को मूल्य रु ११०, साना गोलभेँडा (लोकल) को रु ८५ र टनेल/तराई/भारतीय साना गोलभेँडाको मूल्य रु ११० देखि १२० सम्म तोकिएको छ। आलुमध्ये रातो लोकल रु ५०, रातो भारतीय रु ४५ र सेतो रु ४० मा पाइनेछ। प्याज सुकेको (भारतीय) को न्यूनतम थोक मूल्य रु ३२ कायम भएको छ।
अन्य तरकारीहरूमध्ये तने बोडी रु १७०, घिउ सिमी रु १६०, मटरकोसा रु १३०, तिते करेला रु १४०, गाँजर (लोकल) रु १३०, काउली स्थानीय रु ७५, बन्दा लोकल रु ६०, भन्टा लाम्चो रु ६०, लौका रु ७०, घिरौँला रु ३५ र स्कुस रु २५ कायम गरिएको छ। सागपाततर्फ पालुङ्गो सागको मूल्य रु २००, चमसुर रु १५०, मेथीको साग रु १५०, रायो साग रु ८० र तोरीको साग रु ६० तोकिएको छ। च्याउ (कन्य) रु २२०, च्याउ (डल्ले) रु ३७० र कुरिलो रु १,००० रहेको छ।
फलफूलतर्फ स्याउ (झोले) रु २००, स्याउ (फुजी) रु २८०, अनार रु ३८०, सुन्तला (नेपाली) रु १००, कागती रु १००, किबी रु २०० र आभोकाडो रु २५० कायम भएको छ। केरा (दर्जन) रु १३० मा पाइनेछ भने भुइँकटहर प्रतिगोटा रु १६० तोकिएको छ।