arrow

प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ६४ राजनीतिक दल दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
election-commission-head-office-building-2022.jpg

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार आठ राजनीतिक दल थपिएर कुल सङ्ख्या ६४ पुगेको हो।

आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलका लागि यही मङ्सिर १० गते (बुधबार) सम्म दर्ताका लागि समयसीमा निर्धारण गरेको छ। आयोगका अनुसार यसअघि मङ्सिर १ गते १२, मङ्सिर २ गते पाँच, मङ्सिर ३ गते आठ, ४ गते आठ, ५ गते सात र ७ गते १६ राजनीतिक दल दर्ता भएका थिए।

सोमबार दर्ता भएका दलहरूमा नागरिक शक्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय समुन्नति पार्टी र जनादेश पार्टी, नेपाल रहेका छन्। आयोगमा कूल १३५ राजनीतिक दल दर्ता भएकामा निर्वाचन प्रयोजनका लागि बुधबारसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ