arrow

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदलाई सभामुख अर्यालको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
dolprasad-aryal-15-03.jpg

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताको मूल्यांकनमा अब्बल हुने गरी आफ्नो भूमिका र व्यवहार प्रस्तुत गर्न निर्देशन दिएका छन्।

संघीय संसद सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले लाखौँ नागरिकको मतबाट निर्वाचित प्रतिनिधि भएकाले सांसदहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए।

उनले सांसदहरूबीच राम्रो कानून निर्माण, अनुशासित व्यवहार र प्रभावकारी प्रस्तुतिमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।

सांसदका हरेक गतिविधिलाई जनताले सूक्ष्म रूपमा मूल्यांकन गरिरहेको उल्लेख गर्दै उनले जनविश्वास जित्ने गरी काम गर्न आग्रह गरे।

सभामुख अर्यालले नयाँ सांसदहरू संसदको कार्यविधि र प्रक्रियामा अभ्यस्त हुनुपर्ने भएकाले अभिमुखीकरण कार्यक्रम महत्वपूर्ण रहेको बताए।

उनले तालिममा सहभागी भएर सिकेका कुरालाई आगामी प्रतिनिधिसभा बैठकमा व्यवहारमा उतार्न पनि सांसदहरूलाई आग्रह गरे।

उनले भने, "हामी सबैको मूल्यांकन अब जनताले गरिरहेका छन्। त्यसैले जनताको मूल्यांकनमा अब्बल बन्ने गरी कानून निर्माण, व्यवहार र प्रस्तुतिमा उत्कृष्ट हुनुपर्छ।"

कार्यक्रमका लागि समयमै उपस्थित हुन र मोबाइल वा अन्य कुरामा अल्मलिनुभन्दा सिकाइमा केन्द्रित हुन पनि सभामुखले सांसदहरूलाई सुझाव दिए।

यस अवसरमा सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति असन्तुष्टि जनाउँदै आगामी कार्यक्रमहरूमा पूर्ण सहभागिता सुनिश्चित गर्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ