तरकारी महँगो: कुरिलो एक हजार प्रतिकिलो, गोलभेँडा-प्याजको यति
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
806
Shares
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
आज गोलभेँडा सानो (टनेल/तराई/भारतीय) को थोक मूल्य रु १२० रहेको छ भने गोलभेँडा ठूलो (भारतीय) रु ११० कायम भएको छ। दैनिक उपभोग्य वस्तुमध्ये आलु रातो रु ५०, आलु रातो (भारतीय) रु ३०, र प्याज सुकेको (भारतीय) रु ३२ रहेको छ।
त्यस्तै, गाँजर (लोकल) रु १४०, बन्दा (लोकल) रु ६०, काउली स्थानीय रु ६०, सेतो मूला (लोकल) रु ३०, र स्कुस रु २० मा खरिद गर्न सकिनेछ। सिमी वर्गमा तने बोडी रु १७० र घिउ सिमी (लोकल) रु १५० पुगेको छ।
फलफूलतर्फ स्याउ (फुजी) रु २८०, केरा (दर्जन) रु १३०, अनार रु ३८०, सुन्तला (नेपाली) रु १००, र कागती रु १०० मा खरिदबिक्री भइरहेको छ।
विशेष उपजमध्ये पालुङ्गो साग रु १८०, च्याउ (डल्ले) रु ३५०, र सबैभन्दा महँगो कुरिलो रु १,००० प्रतिकिलो तोकिएको छ।