काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, र गोलभेँडा सानो (टनेल/भारतीय/तराई) प्रतिकिलो ११० रुपैयाँ तोकिएको छ। आलु रातो (लोकल) प्रतिकिलो ५० रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो ३१ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको छ।
अन्य तरकारीहरूमध्ये गाँजर (लोकल) प्रतिकिलो १४० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ५५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १६० रुपैयाँ, मटरकोसा प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ५५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३५ रुपैयाँ र स्कुस प्रतिकिलो २० रुपैयाँ कायम भएको छ। कुरिलो को मूल्य प्रतिकिलो १००० रुपैयाँ र च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ रहेको छ।
फलफूलतर्फ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो १०० रुपैयाँ र किबी प्रतिकिलो २०० रुपैयाँ तोकिएको छ।