काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) ९५, गोलभेँडा सानो (टनेल) १००, गोलभेँडा सानो (भारतीय) १०५, गोलभेँडा सानो (तराई) १०५, आलु रातो ५०, आलु रातो (भारतीय) ३०, आलु सेतो ३५, प्याज सुकेको (भारतीय) ३० रहेको छ।
यस्तै, गाँजर (लोकल) १३५, गाँजर (तराई) १२०, बन्दा (लोकल) ६५, बन्दा (तराई) ५०, काउली (स्थानीय/तराई) ५०, सेतो मूला (लोकल) २५, भन्टा लाम्चो ६०, भन्टा डल्लो ६५, तने बोडी १६०, मकै बोडी ६०, मटरकोसा १२०, घिउ सिमी (लोकल/हाइब्रिड) १५०, घिउ सिमी (राजमा) ८०, टाटे सिमी १२०, तिते करेला १२०, लौका ६५, परवर (लोकल/तराई) ९०, घिरौँला ११०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ५०, सलगम ११०, भिन्डी ९०, सखरखण्ड ६०, बरेला ६५, पिँडालु ९० र स्कुस २० कायम भएको छ।