काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०८, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३१ रहेको छ ।
यस्तै, गाँजर (लोकल) प्रतिकिलो १४०, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ४० काउली स्थानीय प्रतिकिलो ६०, काउली (तराई) प्रतिकिलो ४०, सेतो मूला (लोकल) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो ७०, तने बोडी प्रतिकिलो १८०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।