काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९० रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ३४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३० रुपैयाँ रहेको छ ।
यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ , गाँजर (तराई) प्रतिकिलो १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७५ रुपैयाँ, काउली (तराई) प्रतिकिलो ५० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ९० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १३५ रुपैयाँ, तिते करेला प्रतिकिलो ११० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ र पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो २० रुपैयाँ कायम गरिएको छ ।