arrow

प्रतिनिधि सभा निर्वाचनका लागि एक सय सात चुनाव चिह्न तय, ८७ दिन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
election-commission-head-office-building-2022.jpg

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कूल एक सय सात वटा चुनाव चिह्न प्रदान गरेको छ। निर्वाचनमा भाग लिन १२० राजनीतिक दलले आवेदन दिएका थिए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम छन् भने निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ रहेको छ। तीमध्ये १०२ राजनीतिक दललाई एकल रूपमा र १२ राजनीतिक दललाई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी चिह्न प्रदान गरिएको हो।

आयोगले प्रदान गरेका चिह्नहरूमध्ये पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, र चौथोमा घण्टी रहेका छन्।

यसबाहेक, निर्वाचन चिह्नका रूपमा हलो, ढल्केको छाता, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, दुई हात जोडेको नमस्कार जस्ता परिचित चिह्नहरू प्रयोग हुनेछन्। साथै, कुखुराको भाले, हसियाँ र तारा, कमलको फूल, गितार, घर, मोटरसाइकल, साँचो, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि चिह्नका रूपमा रहेका छन्।

निर्वाचनमा प्रयोग हुने केही अनौठा र प्रतीकात्मक चिह्नहरूमा तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हात्ती, उडिरहेको माहुरी, काखमा बच्चा लिएको आमा, कोदालो बोकेका किसान, त्रिशूुल, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, कम्प्युटर किबोर्ड, बलिरहेको बिजुलीको चिम, सिट्ठी, रथ, तीन ढुङ्गे अधिनो, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना, सुकुन्दा, बुल्डोजर, लुगा सिउने कल, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, डुङ्गा र भैँसी समेत रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ