arrow

संविधानको रक्षा गर्नु हरेक नागरिकको दायित्व : भुसाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २७ शनिबार
pampha-bhusal-baglung.jpg

बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले चुनावका माध्यमबाट सरकारमा नयाँ राजनीतिक नेतृत्व आउने र त्यसले देशलाई विकास-निर्माणको बाटोमा अग्रसर गराउने बताएकी छिन् ।

प्रेस सेन्टर नेपालले बागलुंगमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा गर्नु हरेक नागरिकको दायित्व भएको बताइन् । 

जनताको चाहना र आवश्यकअनुसार राज्य सञ्चालन नगर्दा जेन-जी आन्दोलन भएको बताउँदै उनले युवापुस्ताको भावनाअनुरुप राजनीतिक नेतृत्व क्रियाशील हुनुपर्ने विचार व्यक्त गरिन् ।

नेपाली कम्युनिष्ट पार्टी चुनावमा भाग लिन तयार छ भन्दै त्यसका लागि जिल्ला-जिल्लामा चुनावी प्रचारप्रसारमा जुटेको पूर्वमन्त्री भुसालले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ