arrow

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १ मंगलबार
accident-final.jpg

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२-०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३-०२-००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ