arrow

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
sreeram-rai-82-9-8.jpg

काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ। सार्वजनिक भएको केही दिनमै गीत धेरै श्रोतामाझ पुगिसकेको छ ।

गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन् भने इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।

यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् । त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए ।

गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन् । 

उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बाल कथासंग्रह प्रकाशित छन् । 

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। 

‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत उनले सम्पादनको अनुभवसमेत बटुलेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ