arrow

एयरपोर्ट नजिक गैरीगाउँमा लागेको आगलागी नियन्त्रणमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
gaireegau-fire-82-9-22 (5).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए। गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरु राखिएको थियो । 

११ वटा दमकलसहित तीन ओटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । 

आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कूलको भवन र केही घरमा पनि क्षति पुगेको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगोलागी नियन्त्रणमा आएको हो। शुरूआतमा ओगोको मुस्लो बढेपछि केही क्षण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द गरिएको  थियो । 

कुनै मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ । आगलागीको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । क्षतिको विवरण पनि आइसकेको छैन । 
 

gaireegau-fire-82-9-22 (1).jpeg
gaireegau-fire-82-9-22 (2).jpeg
gaireegau-fire-82-9-22 (3).jpeg
gaireegau-fire-82-9-22 (4).jpeg
gaireegau-fire-82-9-22 (5).jpeg
gaireegau-fire-82-9-22 (6).jpeg
gaireegau-fire-82-9-22 (7).jpeg
gaireegau-fire-82-9-22 (8).jpeg
gaireegau-fire-82-9-22 (9).jpeg
gaireegau-fire-82-9-22 (2).jpg
gaireegau-fire-82-9-22 (3).JPG
gaireegau-fire-82-9-22 (4).jpg
gaireegau-fire-82-9-22 (5).jpg
gaireegau-fire-82-9-22 (6).jpg
gaireegau-fire-82-9-22 (7).jpg
gaireegau-fire-82-9-22 (8).jpg
gaireegau-fire-82-9-22 (9).jpg
gaireegau-fire-82-9-22 (10).jpg
gaireegau-fire-82-9-22 (11).jpg
gaireegau-fire-82-9-22 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ