अमेरिकी राजदूत थम्सनको बिदाइ: शीतल निवास पुगेर राष्ट्रपतिसँग गरे अन्तिम संवाद
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
757
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले बिदाइ भेट गरेका छन्। आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका राजदूत थम्सन बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेका हुन्।
भेटका अवसरमा राष्ट्रपति पौडेल र राजदूत थम्सनबीच नेपाल र अमेरिकाबीचको दशकौँ लामो द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले राजदूत थम्सनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेकोमा धन्यवाद व्यक्त गरे भने राजदूत थम्सनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता प्रकट गरे।