arrow

उपसभापतिमा निर्वाचित भएपछि विश्वप्रकाशले के भने ? [पूरा भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
biswaprakash-vice-president.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट उपसभापतिमा चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ ऊर्जा र नवीन दृष्टिकोणसहित अघि बढाउने संकल्प गरे। पार्टीको आन्तरिक एकतालाई बलियो बनाउँदै एकजुट भएर जनताका मुद्दा सम्बोधन गर्न लागिपर्ने उनको भनाइ छ।

उनले सम्बोधनका क्रममा भने, “सुनौलो बिहानीमा ब्युँझिदै गर्नुभएका आमाबुवा, दाजुभाइलाई भन्न चाहन्छु— गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ र नवीन भएर आउँदैछ। कांग्रेस विगतका कमीकमजोरीहरूको लागि आत्मालोचना गर्दै र कतै हाम्रा कारण कसैको मन दुखेको भए क्षमा माग्दै आउँदैछ।” अबको १०–१५ वर्षमा नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने स्पष्ट सपना र योजना बोकेर पार्टी अघि बढ्ने दाबी समेत उनले गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ