कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
817
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ ।
ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।
बैठकले शेरबहादुर देउवाको ठाउँमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर राख्नेलगायन निर्णय गरेको छ ।
बैठकबाट सभापति थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरिएको छ । त्यस्तै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
त्यस्तै पहिलो बैठकबाट देवराज चालिसेलाई पार्टीको प्रवक्ता तोकिएको हो ।छ ।
गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।
विशेष महाधिवेशनपछि पार्टीमा विभाजनको स्थिति सिर्जना भएको अवस्थामा यो बैठक बसेको हो । बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल भएको छ ।