arrow

गोलभेँडा ५० देखि ९० रुपैयाँसम्म, आलु र प्याजको मूल्य स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ४ आइतबार
vegetables-tarkari-2082.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सूची सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यअनुसार नेपाली ठूलो गोलभेँडाको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र भारतीय ठूलो गोलभेँडाको ९० रुपैयाँ कायम गरिएको छ। सानो लोकल गोलभेँडा भने प्रतिकिलो ५० रुपैयाँमा उपलब्ध हुनेछ।

तरकारीतर्फ रातो आलु प्रतिकिलो २६ रुपैयाँ, भारतीय रातो आलु २५ रुपैयाँ र सुकेको भारतीय प्याज ४३ रुपैयाँ तोकिएको छ। स्थानीय काउलीको मूल्य ८० रुपैयाँ र तराईको काउली ९० रुपैयाँ कायम हुँदा लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ। 

सागसब्जीमा रायोको साग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो र मेथीको साग ६० रुपैयाँ तथा हरियो प्याज ४० रुपैयाँ निर्धारण गरिएको छ। महँगा तरकारीहरूमा कुरिलो प्रतिकिलो १७५० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ पुगेको छ भने तितो करेलाको मूल्य १७० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ झोले स्याउ प्रतिकिलो २२० रुपैयाँ, केरा प्रतिदर्जन १४० रुपैयाँ र कागती ९० रुपैयाँमा पाइनेछ। अनारको मूल्य ३०० रुपैयाँ, सुन्तला ११० रुपैयाँ र जुनार तथा मौसम प्रतिकिलो १०० रुपैयाँ कायम गरिएको छ। यस्तै, स्ट्रबेरी प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र मेवा ५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ