काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीको राजीनामापछि रिक्त रहेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकेका छन्।
आगामी निर्वाचनको तयारी र आन्तरिक राजनीतिक घटनाक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका थिए।
उनीहरूले सम्हाल्दै आएका ती तीनवटै मन्त्रालयको जिम्मेवारी अब अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।