arrow

चितवन-पर्सामा बाघ गणना: दोस्रो चरणको काम सकियो, क्यामेरा उठाउन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
tiger-chitwan.jpg

काठमाडौँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक मानेर गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाको दोस्रो चरणको काम सम्पन्न भएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागमा जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम आजदेखि सुरु गरिएको हो।

दोस्रो चरणअन्तर्गत सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, बोटे सिमारा, ठोरीको सोमेश्वर र पर्साको सिकारी बाससम्मको क्षेत्रमा गणना गरिएको थियो। यस क्षेत्रलाई ३३६ ग्रिडमा विभाजन गरी प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिएको थियो। यी क्यामेराहरू दुई सातासम्म फिल्डमा राखेपछि अब तेस्रो चरणका लागि पर्सा राष्ट्रिय निकुञ्जका बाँकी क्षेत्रमा स्थानान्तरण गरिनेछ।

चितवन–पर्सा ब्लकलाई कुल ९५८ वटा ग्रिडमा विभाजन गरिएको छ, जहाँ १५० जना तालिमप्राप्त गणकहरू खटिएका छन्। बाघको शरीरमा हुने पाटा (Stripes) मानिसको औँठाछाप जस्तै फरक–फरक हुने भएकाले क्यामेराले खिचेका तस्बिरका आधारमा बाघको सङ्ख्या यकिन गरिनेछ। नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ। यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ फेला परेका थिए, जसमा चितवनमा १२८ र पर्सामा ४१ वटा बाघ रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ