द्रुतमार्गको प्रगति बुझ्न फिल्डमै पुगिन् प्रधानमन्त्री कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
732
Shares
काठमाडौँ । प्रधानमन्त्रीले सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को स्थलगत निरीक्षण गरेकी छन्। आयोजनाको प्रगति र निर्माणमा देखिएका चुनौतीबारे जानकारी लिन प्रधानमन्त्री मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्रीसँगै मन्त्रीहरू र उच्च सरकारी अधिकारीहरूको समेत सहभागिता रहेको थियो। टोलीले द्रुतमार्ग निर्माणको वर्तमान भौतिक प्रगति, कामको गुणस्तर र निर्धारित समयसीमाभित्र आयोजना सम्पन्न हुने सुनिश्चितताबारे फिल्डमै पुगेर जानकारी लिएको बताइएको छ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो ७०.९ किलोमिटर लामो सडकले राजधानी काठमाडौँलाई तराईको निजगढसँग जोड्नेछ। सरकारले यो आयोजनालाई मुलुकको आर्थिक रूपान्तरणको मुख्य आधार मान्दै उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।