arrow
ADVERTISEMENT

कांग्रेस देश बदल्ने अठोटसहित मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
devraj-chalise-82-10-1.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन् । कांग्रेसले शुरूआत गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा शुक्रबार आयोजित पहिलो संस्करणमा उनले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गरे । 

“नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ”, प्रवक्ता चालिसेले भने, “युवा पुस्तामा कांग्रेस आएको छ । आशाको सिर्जना भएको छ । कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ ।”

पहिलो संस्करणमा ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयमा आज अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेतसँग संवाद गरिएको थियो ।

पत्रकार बस्नेतले फरक मतको संरक्षण र सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन गर्नेगरी आयोजना गरिएको कार्यक्रम आलोचनात्मक छलफलका लागि उत्कृष्ट रहेको बताए । 

उनले दलभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै कांग्रेसले नेतृत्वको अनुहार मात्र होइन, विचारसहितको परिवर्तनलाई स्थापित गर्न सुझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ