arrow

एकै चरणमा चुनाव गराउन सरकारलाई प्रचण्डको सुझाव

सामाजिक सञ्जालको हल्लाले चुनाव जितिन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
prachANDA-10.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकलम दाहाल 'प्रचण्ड' ले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कुनै पनि हालतमा नटर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन सर्छ कि भन्ने शङ्का नगर्न सबैलाई आग्रह गरे।

कतिपय मानिसहरूमा अझै पनि निर्वाचन हुनेमा अन्योल रहेको भन्दै उनले निर्वाचन हुनु अनिवार्य रहेको र यसले नै देशलाई राजनीतिक निकास दिने उल्लेख गरे। उनले सरकारलाई आफ्नो सुझाव दिँदै सुरक्षा र व्यवस्थापनको चुनौतीलाई ध्यानमा राखेर दुई चरणमा नभई देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए।

प्रचण्डले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भएमा आफ्नो पार्टी नेकपा देशको एक नम्बर शक्ति बन्ने दाबी समेत गरेका छन्। उनले अहिलेको अवस्थामा राष्ट्रलाई एकताबद्ध गर्न सक्ने र भ्रष्टाचार विरुद्ध उभिने नेतृत्वलाई जनताले चिनिसकेको बताए।

सामाजिक सञ्जालमा हुने 'हाहा र हुहु' ले चुनावी नतिजालाई खासै असर नगर्ने भन्दै उनले वास्तविक धरातलमा काम गर्ने पार्टी नै सफल हुने धारणा राखे। उनले नयाँ राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै हल्लाको भरमा नभई एजेन्डा र संगठनको आधारमा मात्रै चुनाव जितिने बताए।

निर्वाचनको वातावरण बनाउन सरकारले पूर्ण ग्यारेन्टी दिनुपर्ने भन्दै उनले विदेशी मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्ने नेतृत्व नै अहिलेको आवश्यकता रहेको बताए।

फागुन २१ को मिति ऐतिहासिक हुने भन्दै उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ चुनावी मैदानमा होमिन निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ