arrow

बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
prachanda-09-05-.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको घटनाप्रतिे गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त दुःखद खबरले आफू अत्यन्तै मर्माहत बनेको उल्लेख गरेका छन् ।

जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन नसकेको जानकारी प्राप्त भएको पनि उनले बताए।

संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि सम्बन्धित पार्टी समितिहरूलाई आवश्यक पहल लिन निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ