उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
656
Shares
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही पहाडी र हिमाली भूभागमा आंशिक बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि अन्य ठाउँको मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ। रातिको समयमा पनि गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान महाशाखाले गरेको छ।