arrow

तामाकोशीमा हराएका थप एकको शव फेला, मृतकको संख्या १४ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
bus-accident-saptakoshi.jpg

रामेछाप। रामेछापको मन्थली नगरपालिका-६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो ।

दुर्घटनास्थलबाट करिब दुई सय ५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन्।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ ।

गत माघ २७ गते सडकबाट भिरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौँबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो।

दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए।

हराइरहेका तीनमध्ये सोमबार मात्र मन्थली-२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो।

दुर्घटनामा डुबेर मृत्यु भएका दुई जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको छ।

बसमा यात्रा गर्ने आठ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ । प्रहरी खोजी कार्य जारी राखिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ