arrow

कालीमाटीमा सिताके च्याउ र अकबरे खुर्सानी सबैभन्दा महँगो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
tarkari-veg.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य निर्धारण गरेको छ। सार्वजनिक मूल्य सूची अनुसार दैनिक भान्सामा प्रयोग हुने गोलभेँडा, आलु र प्याजको भाउ स्थिर देखिएको छ भने केही विशेष प्रजातिका तरकारी र फलफूलको मूल्य उच्च रहेको छ।

समितिका अनुसार आज ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रु ७० मा कारोबार भइरहेको छ भने स्थानीय सानो गोलभेँडा रु ४० र टनेलको रु ५० तोकिएको छ।

रातो आलु प्रतिकिलो रु २६, भारतीय रातो आलु रु २५ र सुकेको भारतीय प्याज रु ३७ कायम भएको छ। त्यस्तै, स्थानीय गाजर रु ६०, स्थानीय बन्दा रु ५० र स्थानीय काउली रु ३० देखि ४५ सम्ममा बिक्री भइरहेको छ।

आजको बजारमा केही तरकारीहरूको मूल्य तुलनात्मक रूपमा उच्च देखिएको छ। तिते करेला प्रतिकिलो रु १८०, घिरौँला रु १४० र सजीवन रु २८० मा निर्धारण गरिएको छ। च्याउतर्फ डल्ले च्याउ रु ४६० र राजा च्याउ रु ३०० पर्दा सिताके च्याउ सबैभन्दा महँगो अर्थात् प्रतिकिलो रु १,००० कायम गरिएको छ। मसलाजन्य वस्तुमा अकबरे खुर्सानीको थोक मूल्य रु ९०० प्रतिकिलो रहेको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो रु ३००, केरा प्रतिदर्जन रु १९०, कागती रु २२० र अनार रु ३३० निर्धारण गरिएको छ। अङ्गुर कालो रु ४०० र स्ट्रबेरी रु ५०० मा कारोबार भइरहेको छ। यस्तै, ताजा माछातर्फ रहु प्रतिकिलो रु ३४०, बचुवा रु २८० र सुकेको माछा रु १,००० मा बिक्री भइरहेको कालीमाटी बजार विकास समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ