arrow

अब कर्णालीका सुइना हाम्रा सुइना

बालेनको प्रतिबद्धता: कर्णालीको मार्सी र स्याउ अब देशभरका भान्सामा पुग्नेछन्

कर्णालीको गहिराइ बुझ्ने नेतृत्व रास्वपासँग मात्र छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
balen-06-11.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले कर्णालीको भूगोल, संस्कृति र प्रचुर सम्भावनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्घोष गरेका छन्। मुगुस्थित रारा तालको किनारबाट पार्टीको ‘वाचापत्र’ सार्वजनिक गर्दै उनले कर्णालीको समृद्धिको ढोका रास्वपाले नै खोल्ने दाबी गरे।

सम्बोधनका क्रममा साहले कर्णालीको भौगोलिक विशिष्टताको चर्चा गर्दै देशको सबैभन्दा ठूलो ताल रारा, लामो नदी कर्णाली र गहिरो ताल फोक्सुण्डो यही क्षेत्रमा भए पनि अहिलेसम्मका सरकार र दलहरूले यसको महत्त्व बुझ्न नसकेको बताए। उनले भने, "कर्णालीको त्यो गहिराइलाई अहिलेसम्म कसैले बुझ्न सकेन, त्यो गहिराइ बुझ्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो।"

कर्णालीको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले डोल्पाको बहुमूल्य यार्सागुम्बा विश्व बजारमा पुग्ने भए पनि यहाँको स्याउ र मार्सी चामल झापा वा चितवनसम्म पुग्न नसक्नु विडम्बनापूर्ण रहेको बताए। रास्वपाले कर्णालीको स्थानीय उत्पादनलाई देशभरका भान्सासम्म पुर्‍याउने संयन्त्र निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

साहले कर्णालीलाई नेपाली र खस भाषाको उद्गम स्थलका रूपमा स्मरण गर्दै सिन्जा उपत्यकाको सभ्यता संरक्षणमा जोड दिए। काठमाडौं महानगरपालिकामा नेवा सभ्यता जोगाए जस्तै कर्णालीको मूर्त-अमूर्त सम्पदालाई जोगाउने जिम्मेवारी आफ्नो पार्टीले लिने उनले स्पष्ट पारे। कर्णालीमा व्याप्त भोकमरी, उच्च मातृ मृत्युदर र बाल मृत्युदरको भयावह तथ्याङ्कप्रति दुःख व्यक्त गर्दै उनले अब गरिबी बेच्ने राजनीति अन्त्य हुनुपर्ने बताए।

"अब कर्णालीका सुइना (सपना) हाम्रा सुइना हुन्," नेता साहले भने, "यहाँको पर्यटन, कृषि र आयआर्जन वृद्धिको सपना बोकेर हामी आएका छौँ।" रास्वपाले कर्णालीको समग्र विकासलाई मुख्य प्राथमिकतामा राख्दै विकासको नयाँ खाका प्रस्तुत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ