arrow

पश्चिमी वायुको सक्रियता: चार प्रदेशका हिमाली भेगमा हल्का हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा सामान्य फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही भू-भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। 

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा साधारणतया बादल लाग्ने देखिएको छ भने देशका अन्य पहाडी तथा हिमाली भू-भागमा पनि आंशिक बदली रहनेछ।

 यी क्षेत्रबाहेक अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ। 

यसैगरी, आज रातिको समयमा पनि तराईका थोरै स्थानहरूमा तुँवालो लाग्न सक्ने अनुमान गरिएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगमा आंशिक बादल लागे पनि देशका बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहनेछ।

 वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रहरूमा चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ