arrow

कांग्रेसको सभा सुर्खेतमा, शीर्ष पदाधिकारीहरूको सम्बोधन [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार

सुर्खेत । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले अहिले सुर्खेतमा चुनावी सभा गरिरहेको छ  । गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको कांग्रेसले दोस्रो चुनावी सभा गरिरहेको हो । 

सुर्खेतमा भइरहेको सभामा सभापति गगनकुमार थापा तथा उपसभापति पुप्षा भुषाल गौतमले सम्बोधन गर्ने कार्यक्रम छ । सुर्खेतको सभामा कर्णालीका नेपाली कांग्रेसका उम्मेदवारहरूले आफ्नो भनाइ राखिरहेका छन् । 

१२ ओटै निर्वाचन क्षेत्रका उम्मेदवारले सम्बोधन गरिरहेका छन् । 

आजै कांग्रेसले बाँकेमा पनि सभा गर्दैछ । 

कांग्रेसले शुक्रबार बिहान ११ बजे रूपन्देहीको बुटवलमा तथा दिउँसो कास्कीको पोखरामा चुनावी सभा गर्दैछ । साथै फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ