arrow

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली भएको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लागे पनि दिउँसो मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने र बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती देशका हिमाली भू-भागमा सामान्य बदली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने भए पनि थोरै स्थानमा तुवाँलो लाग्न सक्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ