पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: आज यी प्रदेशमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १६ शनिबार
782
Shares
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागसहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।