arrow

सिमकोटमा कांग्रेस प्रवेशको लहर : ३१ जना नवप्रवेशी कांग्रेसमा आबद्ध

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ फागुन १७ आइतबार
humla-congress-82-11-17ww.jpeg

हुम्ला । सिमकोट गाउँपालिका–स्याडामा ३१ जना स्थानीय बासिन्दा औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कर्णालीका पूर्व मुख्यमन्त्री तथा कांग्रेसका नेता जीवनबहादुर शाहीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा उनीहरूले नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी कांग्रेसमा आबद्धता जनाएका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरूलाई खादा तथा टीका लगाएर स्वागत गरिएको थियो। स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिमा कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

कांग्रेसमा प्रवेश गर्नेहरूमा रंगविरे बुढा, गोरसिंह बुढा, बुटु बुढा, लक्ष्मा बुढा, छत्त रोकाया, रूद्द रोकाया, दोदासिंह बोहरा, उज्याला बोहरा, जौमती बुढा, तिख बुढा, रणबहादुर बुढा, मोतिसरा बुढा, टिकपुरी बुढा, भला बुढा, भला रोकाया, गजेन्द्र बुढा, राइकोसा बुढा, सेरासिंह बुढा, पारा बुढा, सुत्तकली बुढा, सम्झना बुढा, बाचु रावल, जेराकला बुढा, जसपाउ रावल, कल्पना रावल, उसा बुढा, डल्ली बुढा, पसुपति बुढा, रामसिंह बुढा, मनविर बुढा तथा भक्तसिंह रोकाया रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले लोकतन्त्र, समावेशिता र विकासप्रतिको प्रतिबद्धताका कारण जनतामा कांग्रेसप्रति विश्वास बढ्दै गएको बताए। “कांग्रेस केवल पार्टी मात्र होइन, जनताको भरोसा र परिवर्तनको मार्ग हो,” उनले भने। उनले हुम्लाको शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा दीर्घकालीन योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार स्याडामा भएको यो सामूहिक प्रवेशलाई जिल्लामा कांग्रेसप्रतिको बढ्दो आकर्षणका रूपमा लिइएको छ ।

नवप्रवेशीहरूले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै समुन्नत हुम्ला निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामूहिक प्रवेशले जिल्लामा कांग्रेस संगठनलाई थप सुदृढ, एकताबद्ध र ऊर्जावान बनाउने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ