arrow

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
weather-always-2082.jpg

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ ।

कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ।

बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै, राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ ।

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ