arrow

आज देशभरको मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान गरेको छ। यद्यपि, मुलुकका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने स्थिति देखिएको छ भने मधेस प्रदेशका तराईका केही भागमा पनि मौसम मुख्यतया सफा रहनेछ।

बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदली भए पनि अधिकांश समय मौसम सफा रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका सबै भू-भागमा भने आज आंशिक बदली हुने देखिन्छ। यसैगरी, लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने भए तापनि तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाको भनाइ छ।

कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रका साथै सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागमा समेत आज मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ। समग्रमा देशका अधिकांश स्थानमा घाम लाग्ने भए तापनि उच्च पहाडी र हिमाली भेगमा हुनसक्ने हल्का वर्षा र हिमपातका कारण ती क्षेत्रका बासिन्दाले सामान्य सतर्कता अपनाउन आवश्यक देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ