काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन्।
मतदान गरिसकेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई सही राजनीतिक निकास दिने विश्वास व्यक्त गरे। सभापति लामिछाने यस पटक चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।
यसैगरी, रास्वपाका वरिष्ठ नेता वालेन्द्र साह बालेनले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका छन्।
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख समेत रहेका शाह यस निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। मतदान केन्द्रहरूमा बिहानैदेखि नेता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको छ।