arrow

कोशीसहित चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। आज फागुन २९ गते कोशी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, मधेश प्रदेश र गण्डकीको तराईका एक-दुई स्थानमा पनि फाट्टफुट्ट वर्षा हुन सक्ने देखिएको छ। उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र यातायातमा पर्न सक्ने सामान्य अवरोधलाई ध्यानमा राख्दै महाशाखाले ती क्षेत्रका बासिन्दा तथा यात्रीहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ