arrow

चुनावपछि पहिलो पटक बस्दै कांग्रेस बैठक, समानुपातिक उम्मेदवार टुंगो लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
congress-party-offfice.JPG
तस्बिर : फाइल

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । 

बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । 

कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन । साथै अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत आइतबारको बैठकमा सामान्य छलफल हुने स्रोतले बताएको छ । 

यस्तो छ विज्ञप्तिः

फागुन ३०, २०८२

केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्बन्धमा ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत्र १ गते आइतबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

बैठकको प्रस्ताव :
१) समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने
सम्बन्धमा ।

कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ