arrow

मौसमको बदलिँदो रूप: तीन प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा मौसममा बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बादल लागेको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ। बाँकी भूभागमा भने आंशिक बादल लागेको मौसमविद्हरूले बताए।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, यी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले बताए।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम लगायतका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का हिमपातको सम्भावना रहेको जानकारी दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ