arrow

मधेस छाडेर सबै प्रदेशमा वर्षा, शनिबारसम्मै पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ६ शुक्रबार
cloud-black-weather-monsoon.jpg

काठमाडौँ । देशमा रहेको पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले शुक्रबार दिउँसो मधेस बाहेकका छ ओटै प्रदेशमा वर्षा भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार सबैभन्दा बढी वर्षा लुम्बिनीमा भइरहेको छ । 

उनले लुम्बिनीमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताए । त्यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकीमा पनि वर्षा भइरहेको छ । कोशी र बागमती प्रदेशका केही भागमा वर्षा भएको छ । 

मौसमविद् दाहालले वर्षा हुँदा हावाहुरी र मेघगर्जनसहित भइरहेको बताए । काठमाडौँ उपत्यकामा पनि विस्तारै पानी परेको उनले जानकारी दिए । यो वर्षा दुईदेखि तीन घण्टासम्म रहने बताए । 

उनले मधेसमा पनि विस्तारै वर्षा हुने जनाए । शनिबार भने देशैभर वर्षा हुने सम्भावना रहेको बताए । 

महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली लागेको छ । केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने  सम्भावना छ ।


त्यसैगरी आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ