इरानलाई ४८ घण्टा भित्र हर्मुजको जलडमरूम खोल्न ट्रम्पको अल्टिमेटम
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
1.9k
Shares
तस्बिर : फाइल
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टा भित्र हर्मुजको जलडमरूम पूर्ण रूपमा खोल्न अल्टिमेटम दिएका हुन् । उनले उक्त झलडमरूम ४८ घण्टाभित्र नखोलिए अमेरिकाले इरानको पावर प्लान्टहरूमा आक्रमण गर्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, "यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलडमरूम खोलेन भने अमेरिकाले इरानको पावर प्लान्टहरूमा आक्रमण गर्नेछ र ध्वस्त पार्नेछ, सबैभन्दा ठूलाबाट शुरूआत गर्दै ।"
यसैबीच इरानले चेतावनी दिएको छ कि यदि उसको पावर प्लान्टहरूलाई लक्षित गरियो भने यसले अमेरिका र इजरायलसँग जोडिएका मध्य पूर्वका सबै ऊर्जा पूर्वाधारहरूमा आक्रमण गर्नेछ।
इरानको खातम अल-अन्बिया केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीले इरानले अमेरिका र इजरायलसँग जोडिएका डिसेलिनेशन प्लान्टहरू र आईटी पूर्वाधारहरूमा पनि आक्रमण गर्ने चेतावनी दिए ।
अमेरिका-इजरायल र इरानबीच २३ दिनदेखि युद्ध चलिरहेको छ ।