मल लिएर फलेवासतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
567
Shares
काठमाडौँ । कालीगण्डकी लोकमार्ग अन्तर्गत कुश्मा–फलेवास सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवास्थित कालीगण्डकी किनारमा सोमबार साँझ ग१ज ८०२९ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ३५ वर्षीय चालक सज्जन परियारको मृत्यु भएको छ। जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको जिप सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलले बताए। जिपमा चालक परियार एक्लै सवार थिए।
दुर्घटनालगत्तै खटिएको सुरक्षाकर्मीको टोलीले उनको उद्धार गरी प्रदेश अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण उकालो बाटो चिप्लो भएकाले जिप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयको टोलीले कठिन अवस्थामा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बलका उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।