बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो, रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत [३५ तस्बिरमा]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
1.4k
Shares
तस्बिर : बालेन र रवि लामिछानेबीच सल्लाह, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता वालेन्द्र साह बालेन चयन भएका छन् । रास्वपा केन्द्रीय समिति बैठकले बालेनलाई सदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
योसँगै बालेनलाई प्रधानमन्त्री बन्ने बाटो औपचारिक रूपले खुलेको छ । उनकै नेतृत्वमा रास्वपाको संसदीय दलको बैठकसमेत बसेको छ ।
सांसदहरूले बिहीबार दिउँसोमात्र शपथ ग्रहण गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।