arrow

प्रधानमन्त्री बालेनको पीएसओमा डीएसपी बस्याल, हुन् भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
dipesh-basyal-dsp-balen-pso.jpg

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएका वालेन्द्र साह बालेनले केही बेरमै पद तथा गोपनीयताको शपथ लिँदै गर्दा उनका निजी सुरक्षा गार्ड (पीएसओ–पर्सनल सेक्युरेटी अफिसर) को चर्चा बढेको छ । 

उनको पीएसओमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेश बस्याल नियुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयले पीएसओको रूपमा बस्याललाई खटाउने निर्णय गरेको हो ।

बस्याल नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका थिए । उनी जिल्ला प्रहरी परिसरको मुद्दा शाखामा प्रहरी निरीक्षक रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भएको थियो ।

यही नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान र मुद्दा प्रक्रियामा बस्याल प्रत्यक्ष जोडिएर काम गरेका थिए । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकिएपछि उनी डीएसपीमा बढुवा भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ