arrow

नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ शीतल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
shital-niwas-82-12-13--balen.jpg

(सौजन्य - नेपाल टेलिभिजन)

काठमाडौँ । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ हुँदैछ । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता वालेन्द्र साह बालेन प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिँदैछन् । 

बालेनले दिउँसो १२ः३४ बजे शपथ लिने साइत जुराइएको छ । त्यसअघि स्वस्ति वाचन गरिएको छ । १०८ बटुकले मन्त्रोच्चारण गरेका छन् । 

त्यस्तै १०७ लामा गुरुले मंगलवाचन गरेका छन् । 

शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी भएका छन् । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ